Alok

नेपालमा पहिलो पटक दुई वटा टाउको भएको सर्प फेला

नवलपरासी : रूपन्देहीका सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले नवलपरासीमा दुईवटा टाउको भएको सर्प फेला पारेका छन् ।

करेत प्रजातीको दुई टाउको भएको उक्त सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक र नेपालमा पहिलोपटक भेटिएको अनुसन्धानकर्ता देवकोटाको दाबी छ।

दुई टाउके करे‌त भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भीआर झाको समूह र नेपालमा सन् १९८३ मा दुई टाउको भएको जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्प विज्ञ करनबहादुर शाहको समूहले फेला पारेको अनुसन्धानकर्ता देवकोटाले बताए।


१४ माघ २०७६, मंगलवार ११:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु