रबि ओडको नयाँ गीत ‘कुरा एउटै हो’ सार्वजनिक

धनगढी :नेपाल आइडल हेर्ने जो कोहीको लागि सुपरिचित नाम हो- रबि ओड नेपाल आइडल दोस्रो सिजनका विजेता हुन् ।नेपाल आइडलबाट एकाएक चर्चामा आएका हुन् । चर्चित युवा गायक रबि ओड र गायिका मीना बिश्वकर्माको स्वरमा रहेको नयाँ गीत ‘कुरो एउटी हो’ बोलको म्युजिक भिडियो ओसआर डिजिट युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

गीतमा शब्द र संगीत भिम बीसीकै रहेको छ । उक्त भिडियोको मुख्य भूमिकामा कविता नेपाली,बिजु फर्कि,नबिन राई, सजना केसी, सोम राज तामांगको नित्य रहेको छ ।
गीत अहिलेको युवा पुस्ताको माया प्रेममा आधारित निर्माण भएको छ। उक्त गीतलाई ए ओन मिउजिसिएन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गितलाई नरेन्द्र बियोगीले एरेन्ज गरेका हुन्।

ज्ञानेन्द्र शर्माद्वारा छायांकन भएको भिडियोलाई उत्तम कुमार कार्कीले सम्पादन गरेका छन् । भिडियोलाई राहुल बराइलीले नै निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।


१४ माघ २०७६, मंगलवार ११:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु