Alok

धनगढीमा ईन्टरनेट सम्बन्धि प्रदेश स्तरीय छ्लफल

धनगढी २५ मंसिर , ईन्टरनेट सोसाईटी नेपाल च्यापटरले ईन्टरनेट सम्बन्धी प्रदेश स्तरिय छलफल आज धनगढीमा सम्पन्न गरेको छ ।ईन्टरनेट सोसाईटी नेपालका कोषाध्यक्ष तथा अधिबक्ता टंक अर्यालले ईन्टरनेट सोसाईटी विश्वमा सन १९९२ र नेपालमा २००९ मा स्थापना भएको बताए । ईन्टरनेट सोसाईटी नेपालले ईन्टरनेट सम्बन्धी विभिन्न छलफल र बहस गरिरहेको बताए ।

कार्यक्रममा ईन्टरनेटनका सरोकारवालाहरु संग निरन्तर छलफल गर्नु पर्ने, उपभोक्ताको तहमा जानकारी अभिबृद्धी गर्नुपर्ने, ईन्टरनेटको बिजनेस र करियरमा छलफल र आवश्यकता रहेको बिषयमा छलफल भएको थियो ।

साथै सहभागीहरुले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा ईन्टरनेटको पहँुच नभएका कारण काम गर्न असहज भएको बताए । इन्टर नेटको पहुँच भए पनि धेरैको सोच फेसबुक मात्रै भन्ने बुझाइ रहेको छ । फेसबुक मात्र सोचका कारण , बालविवाह, लगायत सामाजिक विकृतीहरु पनि बढेको बताए ।

ईन्टरनेट व्यवसायी, सेवाप्रदायीक, उपभोक्ता, नागरिक संघसंस्था, पत्रकार लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।


२५ मंसिर २०७६, बुधवार ०९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु