punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कस्तो होला फेसबुकको स्मार्ट घडी?

Chaupati
safha napa

फेसबुकले छिट्टै स्मार्ट घडी सार्वजनिक गर्ने अनुमान छ। फेसबुक जसलाई अहिले मेटा भनिन्छ, कम्पनीले हातमा लगाउन मिल्ने स्मार्ट घडी सार्वजनिक गर्ने बताएको हो। उक्त विषयमा द इन्डियन एक्सप्रेसले लेट्सगोडिजिटलको रिपोर्टलाई आधार मानेर लेखेको छ।

रिपोर्टमा मेटाको स्मार्ट घडी कस्तो होला भन्नेबारे आकृतिसहित उल्लेख गरिएको छ। मेटाले सन् २०२२ सम्ममा दुई वटा मोडलको स्मार्ट घडी बनाउने अनुमान छ। त्यसमध्ये एउटा स्मार्ट घडीको डिजाइन परम्परागत आयताकार-डायल स्मार्ट घडीको जस्तै देखिनेछ भने अर्को गोलाकार-डायल भएको तीनवटा बिल्ट-इन क्यामेरासहितको घडी हुने अनुमान छ।

विश्व बौद्धिक सम्पत्ति संगठन ९डब्लुआइपिओ०द्वारा जारी अभिलेखहरूका अनुसार मेटाको एउटा पहिलो घडी छुट्याउन सकिने डिस्प्ले सहितको एप्पल घडी जस्तै आयताकार-डायल सुविधा भएको हुनेछ। घडीको छेउमा कुनै बटन वा क्राउन हुने छैन। त्यसैले, यो मोडल पूर्ण रूपमा टच-नियन्त्रित हुनेछ।

मेटाको दोस्रो मोडलको स्मार्ट घडीमा तीनवटा क्यामेरा लेन्सहरू हुने अपेक्षा गरिएको छ। यी क्यामेराहरूमध्ये पहिलो मुख्य टेलिफोटो लेन्स, दोस्रो अल्ट्रावाइड लेन्स र तेस्रो जुम अथवा फिस-आई लेन्स हुने अनुमान छ। यी क्यामेराहरूमा सेन्सर प्रयोग गरिएको हुनेछ।

रिपोर्टका अनुसार यी दुवै मोडलको घडीमा भिआर र एआर प्रविधिहरू सपोर्ट गर्ने बताइएको छ। त्यस्तै, यी स्मार्ट घडीहरू एआर हेडसेटको लागि इनपुट उपकरणको रूपमा समेत प्रयोग गर्न सकिनेछ।

मेटाको स्मार्ट घडीहरूमा हृदयको गति ट्र्याकिङ, स्टेप-काउन्टिङ र स्लिप मोनिटरिङजस्ता फिटनेस-उन्मुख सुविधाहरू हुने अपेक्षा गरिएको छ। साथै, यसमा तापक्रम जाँच्ने र यसबारे जानकारी गाराउने सेन्सर समेत हुने अनुमान छ।

विभिन्न स्रोतहरूका अनुसार मेटाले स्मार्ड घडीहरूको उत्पादन शुरु गरेसँगै यी घडीहरू सन् २०२२ को तेस्रो त्रैमाससम्ममा सार्वजनिक गर्नेछ। तर कम्पनीले यसबारे खुलेर जानकारी सार्वजनिक गरेको छैन। त्यसैले, यो हालको लागि मेटाको दीर्घकालीन योजना मात्र पनि हुन सक्ने द इन्डियन एक्सप्रेसले बताएको छ।


२ माघ २०७८, आइतवार १३:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु