कर्मचारीतन्त्रले गर्दा संघीयता धरापमा छ : अध्यक्ष दाहाल
धनगढी मंसिर २०, पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीतन्त्रका कारण नै संघीयता घरापमा रहेको बताउनु भएको छ । आज धनगढीमा सुदुरपश्चिम स्तरिय वित्तिय सम्मेलनलाई उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो।
देशमा पटक पटक गरिएका आन्दोलनहरुले व्यवस्था परिवर्तन भयो तर कर्मचारीहरुको उहीँ पुरानो काम गर्ने शैलिका कारण संघीयताले जनताले सोचे अनुरुप परिणाम दिन नसकेको कुरा बताउनु भयो ।
कर्मचारीहरुले विभिन्न बहाना देखाएर योजनाहरु कार्यान्वयनमा समेत असर परेको कुरा उहाले बताउनु भयो ।
सुदूरपश्चिम वित्तिय सम्मेलनको आज धनगढीमा उद्घाटन गर्नुहुदँै अध्यक्ष प्रचण्डले मुलुक भित्र लगानीमैत्री बातावरण नहुन्जेल बाह्य लगानीकर्ता भित्र्याउन नसकिने भएकाले त्यसका लागि वित्तिय संस्था, नीजि क्षेत्रलाई मुनाफाको सुनिश्चितता र ढुक्क भएर सुरक्षित लगानी गर्ने बातावरण सृजना गरिनु पर्ने बताउनुभयो ।
उहाँले उत्तरदक्षिण जोड्ने ताक्लाकोटा, उरै नाका संचालन गरी कनेक्टीभिटी बढाउनेतर्फ सरकार अघि बढेको उल्लेख गर्दै पश्चिम सेती जलविद्युत आयोजना दोधरा चांदनीमा सुख्खा बन्दरगाह निर्माण कार्यलाइ कार्यान्वयनका लागि आफु लागि रहेको बताउनुभयो ।
२० मंसिर २०७६, शुक्रवार १४:२६ बजे प्रकाशित