जबर्जस्ती देहव्यापारमा लगाउने होटल सञ्चालिका पक्राउ
कैलाली ,६ मङ्सिर – किशोरीलाई देहव्यापारमा लगाउने होटेल सञ्चालिका लाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाको राजु होटेलकी सञ्चालक गौरा देवी रानालाई देह व्यापारमा लगाएको आरोपमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो ।
आर्थिक अवस्था कमजोर भएकी एक किशोरीलाई काम लगाइदिने भन्दै देह व्यापारमा संलग्न गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ती किशोरीलाइ होटेलमा आउने पुरुष ग्राहकसँग जबरजस्ती अनैतिक सम्बन्ध राख्न बाध्य पारेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । राना विरुद्ध मानव बेचबिखन तथा ओसार पसार शीर्षकमा मुद्दा दर्ता गराइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
६ मंसिर २०७६, शुक्रवार ०६:२८ बजे प्रकाशित