कैलालीको पहलमानपुरमा मृतकको शब सडकमै, राजमार्ग अवरुद्ध

सुखड, १८ कार्तिक
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा बस र मोटरसाईकल ठोक्किदा ज्यान गुमाएका राम बहादुर चौधरीको शब १५ घन्टादेखि सडकमै छ ।

घटनाको बिरोधमा आफन्तले शब उठाएका छैनन् भने राजमार्ग अवरुद्ध छ ।कञ्चनपुरको दोधारा चाँदनीबाट पिकनीक यात्री लिएर नेपालगञ्ज जाँदै गरेको भे १ ख १७३२ नंम्वरको बसले घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नंम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यृ भएको छ ।

दुर्घटनामा परि मोटरसाईकल चालक घोडाघोडी १० का ४० वषीय रामबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने मोटरसाईकलमा सवार ४२ वर्षीय मानबहादुर चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बस चालक बाँकेका ३२ वर्षीय डिल्लीबहादुर योगीलाई ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक हरिशरण भट्टले बताउनुभयो । वागेश्वरी यातायात समिति र पीडित पक्षविच सहमतिको प्रयास भइरहेको छ ।


१८ कात्तिक २०७६, सोमवार ०३:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु