punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कविता

Chaupati
safha napa


रेनुका कार्की, त्रीयुगा-६ उदयपुर, नेपाल

काठमाण्डु

हिजो डोल्पा रोल्पा रोयो
देखेन काठमान्ठूले
गरिब किसानका खेत बगायो
दुई शब्द लेखेन काठमान्ठूले

कलिला सिताहरुको गुहार चीत्कार
अझै पनि सुनेन काठमान्ठूले
तस्करी गुंडा गर्दी बलात्कारीलाइ रिहा
खै थुनेन काठमान्ठूले

रणनीति रच्यो कुटनीति गर्यो
यहाँ भातृत्योको सन्जाल बुनेन काठमान्ठूले
बिदेशमा अलपत्र परेका रामहरुलाइ “घरफर्क”
एकपटक भनेन काठमान्ठूले

नेपालीपनलाई विदेशी बनायो
तर, मुस्ताङको स्याउलाई आफ्नै बनाउन सकेन काठमान्ठूले
लाखौं दक्षता अनि विज्ञता बिदेशीयो रोजगार भनेर
तर, विमानस्थलमा रोकेन काठमान्डैले

भित्रीएको रेमिटेन्स जोख्यो
तर, 34°घाममा बगेको पसिना जोखेन काठमान्ठूले
माओवादी,भुमिगत समुह,सिकेलाई बद्ल्यो
तर, जनताको हाल बदलन सकेन काठमान्ठूले

महलको हाकिमलाइ हेर्यो खै
फुटपाथको श्रमलाई हेरेन काठमान्ठूले
रंगशाला रत्नपार्क छुटयो
तर, चक्रपथलाई एउटाै परिधिमा घेरेन काठमान्ठूले

तराईमा जातीय सङग्राम हुदा अनि भेल बाढी आउँदा
कठै भनी दुई थोपा आँसु रोएन काठमान्ठूले
हुर्काएका सन्तानले गलत्याएकि वृद्धाआश्रमकि आमा
पीडा र अधिकारका कुरा गरेन काठमान्ठूले

चन्द्र सुर्यकोअस्तित्व प्रश्नवाचक भएकोमा
अस्तित्वको संरक्षक खोजेन काठमान्ठूले
सत्ताको आडमा रही बिहारी किन्यो
तर नागरिकताको अर्थ बुझेन काठमान्ठूले

कान्डै कान्ड बारबार बडिरहँदा
अह: रह्स्यको पोको खोलेन काठमान्ठूले
छिमेकीले सिमानमा बम बारुद पड्काउदा
जनधनको क्षतिमा दुई शब्द बोलेन काठमान्ठूले

सुस्तामा सुकुम्बासीको जमिन मिचिदा
सिमानामा जङ्गे किला ठोकेन काठमान्ठूले
सबैको तलब पुग्नेगरी बढायो
तर, कालिकोटमा नुनको भाउ तोकेन काठमान्ठूले


२६ असोज २०७६, आइतवार १४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु