गजल

तारा पल्लबी

आदत हो या ,रहरले गर्नुहुन्छ
चोट हजारौँ , दिने गर्नुहुन्छ

ती नयन ,अधर सब नशालू देख्छु
खै कस्तो मा. प. से. गर्नुहुन्छ !!

मन,मुटु, मगज सब चढाएँ मैले
आगे हजूरको मर्जी जे गर्नुहुन्छ

मैले सिरानी भिजाउने गर्छु
तपाईं पिडा भुल्न के गर्नुहुन्छ??


२६ असोज २०७६, आइतवार १४:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु