सुनको मूल्य आज आएर घट्यो, कति पुग्यो ?
सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घटेर प्रतितोला ९४ हजार पाँच सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ७५ भएको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
१५ असोज २०७७, बिहीवार १३:४१ बजे प्रकाशित





























