punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा ११७० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ११७० जनामा कोरोना पुष्टि भएको हो ।

१० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

जम्मा संक्रमितमध्ये हालसम्म २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।

२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै उपत्यकाका ८ जनाको मृत्यु भएको छ ।

 


२९ भदौ २०७७, सोमवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु