punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप २६ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीका ११, डोटीका ८, अछामका चार र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय सात जनाको कोरोना परीक्षण भएकोमा १४ जनामा संक्रमण पुष्टि भएको छ।

धनगढीका पाँच जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। वडा नम्बर ७ का दुई जना, वडा नम्बर ३, ५ र १४ का एक/एक जनामा संक्रमण पुष्टि भएको हो।

सूचना अधिकारी श्रेष्ठले घोडाघोडी नगरपालिका वडा नम्वर १० का चार जना, गोदावरी नगरपालिकाका दुई जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका दुई जना र बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

डोटीमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ४९ जनाको परीक्षण गर्दा डोटीका ८ र अछामका चार जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालको प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आज थपिएका संक्रमित डोटीको केआइसिंह गाउँपालिकाका ६ पुरुष र दुई महिला तथा अछामको चौरपाटी गाउँपालिकाका तीन पुरुष र तुर्माखाद गाउँपालिकाका एक पुरुष रहेका छन्। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय ३६ पुगेको छ। प्रदेशमा हालसम्म भने १४ जनाको मृत्यु भएको छ।


२९ भदौ २०७७, सोमवार १७:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु