punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हत्यामा संलग्न व्यक्ति १० वर्षपछि आफ्नै घरबाट पक्राउ

Chaupati
safha napa

अछामको चौरपार्टी गाउँपालिकाका एक व्यक्तिको हत्यामा संलग्न भई फरार भएका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन् । साविकको सिउँडी गाविस वडा नम्बर ८ का ५१ वर्षीय गमानसिंह थापालाई प्रहरीले पक्राउ गरेको हो ।

वि.स. २०६७ असोज ५ गते सोही ठाउँका चक्र थापालाई कर्तव्य गरि मारेको ज्यान सम्बन्धी कसुर मुद्दामा संलग्न चार जनालाई तत्कालै पक्राउ गरेपनि उनी फरार थिए । प्रहरीकाअनुसार गमानसिंह घटनामा भएदेखिकै मिति र स्थानबाट फरार रहेका थिए ।

यस पटक भने आफनैै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । उनलाई पक्राउ गरेपछि अदालतकोे आदेशमा कैद भुक्तानका लागि जिल्ला कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।


२९ भदौ २०७७, सोमवार १६:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु