चीनले लगायो अमेरिकामाथि गम्भीर आरोप, के हुन्छ अब ?
विश्व शक्तिमान देशका रुपमा उदाउँदै गरेको चीनले अमेरिकामाथि गम्भीर आरोप लगाएको छ । चीनले विश्व शान्तिको लागि सबैभन्दा अमेरिका ठूलो खतराको रुपमा रहेको आरोप लगाएको छ ।
अमेरिकी रक्षा विभागले गत सेप्टेम्बर २ मा निकालेको प्रतिवेदनलाई प्रतिक्रिया जनाउँदै चिनियाँ रक्षा मन्त्रालयले अेमरिका अन्तर्राष्ट्रिय व्यवस्था र विश्व शान्तिको लागि ठूलो खतरा भएको बताएको हो।
उक्त प्रतिवेदनमा भनिएको थियो, ‘चिनियाँ सैन्य घटनाक्रम र चीनको लक्ष्यलाई मध्यनजर गर्दा चीनले अमेरिकी चासो, सुरक्षा तथा अन्तर्राष्ट्रिय व्यवस्थामा गम्भीर असर पार्नेछ।’ यस्तै हालै पेन्टागनले चीनले आफ्नो आणविक हतियारलाई दोब्बर बनाउने लक्ष्य राखेको पनि बताएको थियो।
यसबीचमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल वु कियानले अमेरिकी कार्यले इराक, सिरिया, लिबिया लगायतका देशमा गएको दुई दशकमा ८ लाखभन्दा बढीले ज्यान गुमाएको पनि बताए। एजेन्सी
२९ भदौ २०७७, सोमवार १६:१५ बजे प्रकाशित






























