punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३५ लाखमा कछुवा बेच्न खोज्दा…

Chaupati
safha napa

३५ लाखमा कछुवा बेच्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको संयुक्त टोलीले काठमाडौँको कंलकीस्थित मकालु पेट्रोल पम्प नजिकैबाट कछुवासहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत जिल्लाका २५ वर्षीय सर्वराज बुढा, नुुवाकोटका १८ वर्षीय सुुरेन्द्र श्रेष्ठ, काभ्रेका २७ वर्षीय सन्तोष रम्तेल, रौतहटका १८ वर्षीय रुपेश तिमल्सिना र नुवाकोटका १९ वर्षीय प्रमोद बाँस्कोटा छन् । प्रहरीकाअनुसार उनीहरु ३५ लाखमा बेच्ने योजनासहित एउटा कछुवा बोकेर शनिबार चितवनबाट काठमाडौं आएका थिए ।

अभियुक्तलाई हिरासतमा राखेर कारबाही अघि बढाइएको महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए । कछुवालगायत वन्यजन्तुको अवैध तस्करी गर्नेमाथि वन्युजन्तु ऐनअनुसार काबाही हुने व्यवस्था रहेको छ ।


२७ भदौ २०७७, शनिवार १८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु