डोटी र डडेल्धुरामा गरिएको परीक्षणमा ८७ जनामा कोरोना संक्रमण
डोटी र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा आज ८७ जनामा कोरोना संक्रमण देखिएको छ । दुबै ठाउँमा गरेर ६१२ जनामा कोरोना परीक्षण गरिएको हो ।
डडेल्धुरामा गरिएको परीक्षणमा जम्मा ५६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये गन्यापधुरा गाउँपालिकाका २ जना, बैतडी शिगास गाउँपालिकाका ८ जना, बैतडी पुर्चौडी नगरपालिकाका १ जना र मेलौली नगरपालिकाका २ जना गरी बैतडीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, बझाङको बिथ्थडचिर गाउँपालिकामा २ जना, बुङ्गल नगरपालिकामा १४ जना, छब्बिसपाथीभराममा २ जना, केदारस्यू गाउपालिकामा १६ र थलारा गाउपालिकामा ४ जना गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी अछामको पञ्चदेवल बिनायक नगरपालिकामा ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरामा ५३५ जनाको नमुना परीक्षण गरिएको हो ।
डोटी अस्पतालमा ७७ जनामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये डोटीका २४ जना र अछामका ७ जनामा संक्रमण देखिएको अस्पतालको ल्याब ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।
दुई जिल्लामा गरिएको ६१२ जनाको नमुना परीक्षण गरिएको हो । जसमध्ये कुल मिलाएर बैतडीका ११ जना, डडेल्धुराका २ जना, अछामका १२ जना, डोटीका २४ जना र बझाङका ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।
१६ भदौ २०७७, मंगलवार १५:४२ बजे प्रकाशित































