जातीय विभेद गरेको भन्दै उजुरी, बाबुको किरिया गर्न दिइएन
ताप्लेजुङमा दलितसङ्ग बिहे गरेको भन्दै छोरालाई काजकिरिया गर्न बन्देज गरिएको छ । आफ्नै बाबुको किरिया गर्न नदिएर जातीय विभेद गरेको भन्दै उजुरी परेको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्री र फुलमाया विश्वकर्माले जातीय छुवाछुत तथा विभेद गरेको भन्दै ४ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।
विश्वकर्मासँग विवाह गरेका राजिन्द्रले बाबुको निधनपछि दाहसंस्कार तथा काजकृयामा सामेल हुन दाजुसहित आफन्तहरुले वञ्चित गराएकाले किटानी जाहेरी दर्ता गराएको पीडित राजिन्द्र बुढाक्षेत्रीले बताए ।
११ भदौ २०७७, बिहीवार १०:३५ बजे प्रकाशित































