Hotel Flora Long Ad

देशका यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर अहिले मौसम सामान्य बदली छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

नेपालमा केहि दिनयता बर्षाको मात्रा कम भए पनि मनसुन जारी नै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशका केही स्थानमा यस्तै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी, प्रदेश–५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

यस्तै राति पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, प्रदेश–५, कर्णाली सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन हुन आग्रह गरेको छ ।

 

११ भदौ २०७७, बिहीवार ०८:१५ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु