punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका बैंक तथा बित्तीय संस्था एक दिन बिराएर खुल्ने

Chaupati
safha napa

कैलालीमा मङ्गल्बारदेखि बैंक तथा बित्तीय संस्था एक दिन बिराएर खुल्ने भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधिको उपस्थितिमा नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधिसंग बसेको बैठकले यस्तो निर्णय गरेको हो।

कैलालीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि एकदिन बिराएर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स क्लब धनगढीका अध्यक्ष धरम बिष्टले जानकारी दिए । उनले मङ्गल्बारदेखि नै लागू हुनेगरी कैलालीका बैंक तथा बित्तीय संस्था एक दिन बिराएर खुल्ने बताए ।

उनकाअनुसार बैंक एकदिन बिराएर विहान ८ बजेदेखि ११ बजेसम्म बैंक खुल्नेछन् । यो निर्णयसंगै गौरा पर्वको बिदा परेका कारण कैलालीका बैंक अब एकैपटक बिहीबार मात्रै खुल्ने छन् । बैंक सोमबार खुलेको हुँदा मङ्गलबार खुल्ने छैन भने बुधबार गौरा पर्वको बिदा छ । त्यसको पछिल्लो दिन बिहीबार बैंक खुल्ने छन् ।

साथै सोमबारनै नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंकका दुई सय जना कर्मचारीको पीसीआर टेष्ट गरिएको छ । उनीहरूको रिपोर्ट आउन बाँकी छ ।


८ भदौ २०७७, सोमवार २०:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु