punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टेलिभिजन पत्रकारको गोली हानी हत्या

Chaupati
safha napa

भारतमा एक टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेशस्थित बलिया जिल्लाको फेफना थाना क्षेत्रमा सोमबार राति पत्रकार रतन सिंहको गोली हानी हत्या भएको हो ।

यो घटनामा तीन जनालाई गिरफ्तार गरिएको छ । कार्यालयबाट घर जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो ।

अरविन्द सिंह, दिनेश सिंह र सुनीलकुमार सिंहलाई गिरफ्तार गरिएको हो । प्रहरीका अनुसार पत्रकार सिंहको आफ्ना छिमेकीसंग जमीनको विषयमा विवाद चलिरहेको थियो ।

सोमबार समेत पनि दुवै पक्षबीच झगडा भएको थियो । छिमेकीले नै गोली हानी मारेको आरोप लागेको छ । पक्राउ परेका दिनेश पत्रकार रतन सिंहका टाढाका नातेदार हुन् । घटनाको छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।

रतनको हत्यापछि बलिया श्रमजीवी पत्रकार युनियनले बिरोध जनाउँदै दोषीलाई कारवाहीको माग गरेको छ ।


९ भदौ २०७७, मंगलवार ०७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु