punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्मला हत्या प्रकरण : सर्वेन्द्रलाई निर्दोष प्रहरीसँग माफी माग्न सर्वोच्चको आदेश

Chaupati
safha napa

कञ्चनपुर, भदौ ७। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा खटिएका प्रहरीसँग तत्कालिन प्रहरी प्रमुखले माफी माग्नुपर्ने जिल्ला अदालत कञ्चनपुरले फैसला सुनाएको छ ।

गत साउन १६ गते निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका ८ जना प्रहरीलाई अदालतले सफाई दिएको थियो । अनुसन्धानमा खटिएका प्रहरीहरुको वृति विकासमा गम्भीर असर परेकाले मुद्दा चलाउनेदेखि मुद्दा चलाउन निर्देशन दिने प्रहरी प्रमुखसम्मले निर्मलाको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीसँग माफी माग्नु पर्ने फैसलामा उल्लेख छ ।

निर्मला पन्तको हत्या हुँदा प्रहरी प्रमुख सर्वेन्द्र खनाल थिए । अदालतको फैसलाअनुसार खनालले अनुसन्धानमा खटिएका प्रहरीमाथि माफि माग्नुपर्नेछ । अदालतले भनेको छ, ‘कर्तव्य पालनमा खटिएका र कानुनबमोजिमको कारबाही बहन गरिरहेका व्यक्तिउपर बजार हल्ला र तथ्यहीन तथा प्रतिवेदन पुष्टि नहुने झुटा एंव मनगढन्ते कुराका आधारमा आफ्नै प्रहरी अधिकृतउपर अभियोजन गर्ने, गर्न निर्देशन गर्ने व्यक्तिहरुले उक्त अमेरिकन राष्ट्रिपतिले गरेको व्यवहारको मनन र अनुसरण गर्न सक्नुपदर्छ । तब मात्र राष्ट्रसेवकले उच्च मनोबल र आत्मसम्मानका साथ कर्तव्य पालनमा खट्न सक्ने हुन्छ।’

उक्त फैसलाको पूर्णपाठमा प्रहरी कर्मचारीले पक्राउ परेका दिलिप सिंह विष्टलाई यातना दिनुपर्ने कुनै कारण नभएको र प्रमाण नष्ट समेत नगरेको उल्लेख गरिएको छ ।

 


७ भदौ २०७७, आइतवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु