punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवनमा थप ९ जनामा कोरोना संक्रमण

Chaupati
safha napa

चितवन,भदौ ७।  चितवनमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ७ जना र अन्य जिल्लाका २ जनासहित  ९ जनामा कोरोना देखिएको हो ।

प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १, ५, ७, ११, १२ र १५ का ४५, ३८, २५, २६, ३३, २८ र ४५ वर्ष उमेर समूहका महिलाहरुमा कोरोना देखिएको हो ।

यस्तै सर्लाहीका ५५ वर्षीय एक पुरुष र तनहुँकी २६ वर्षीया एक महिलामा पनि कोरोना देखिएको प्रयोगशालाले जनाएको छ ।

आज १०२ जनाको स्वाब परीक्षण गरिएकोमा ९३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो  ।

 


७ भदौ २०७७, आइतवार १५:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु