खुटियामा बेपत्ता धनगढीका किशोरको शव भेटियो

धनगढी। कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका धनगढीका १७ वर्षीय किशोर मृत अवस्थामा फेला परेका छन्।

बझाङ घर भई धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएका दोर्ण सुवेदी शुक्रबार खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। उनी धनगढीस्थित सरस्वती माध्यमिक विद्यालय मनेहरामा सिभिल इन्जिनियरिङ चौथो सेमेस्टरमा अध्ययनरत थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार सुवेदी धनगढीबाट अन्य तीन जना साथीसँगै खुटिया नदीमा नुहाउन गएका थिए।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजी गर्दा सुवेदीलाई मृत अवस्थामा फेला पारेको हो।


१७ असोज २०८३, शनिवार १०:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु