विवादास्पद अडियोपछि कञ्चनपुर भन्सारका अधिकृत भट्ट जिम्मेवारीबाट हटाइए

कञ्चनपुर। कञ्चनपुर भन्सार कार्यालयका अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएकाे छ।

भन्सार विभागले उनलाई तत्कालका लागि कार्यालयको जिम्मेवारीबाट हटाउँदै त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन निर्देशन दिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियो रेकर्डपछि भट्ट विवादमा तानिएका थिए । अडियोमा भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका एसपी खुमबहादुर केसीबीच भएको भनिएको संवाद सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएपछि उत्पन्न विवादबारे थप बुझ्नुपर्ने भन्दै विभागले भट्टलाई जिम्मेवारीबाट हटाएको हो । विभागका अनुसार उनलाई हालका लागि विभागमै हाजिर गराइएको छ ।

भट्टमाथि तत्काल कुनै अन्तिम कारबाही गरिएको वा उनको सेवासम्बन्धी निर्णय भइसकेको विवरण भने विभागले सार्वजनिक गरेको छैन । विवादमा सार्वजनिक भएको अडियोको तथ्य र त्यससँग सम्बन्धित विषयमा थप अध्ययनपछि मात्रै आवश्यक निर्णय हुने विभागको भनाइ छ।


१० असोज २०८३, शनिवार १८:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु