दश वर्षपछि सी, मोदी र पुटिनको मिलन : तस्बिरमा हेर्नुहोस् ब्रिक्स सम्मेलन
काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा अठारौँ ब्रिक्स शिखर सम्मेलन जारी छ।
भारत मण्डपममा आयोजित ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन शनिबार दिल्ली घोषणापत्र सर्वसम्मतिले पारित गरिएको छ।
सम्मेलनमा चीनका राष्ट्रपतिदेखि सी चिनफिङदेखि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसम्म सहभागी छन्।
ब्रिक्स सम्मेलनमा १० वर्षपछि भारतका नरेन्द्र मोदी सी र पुटिन एकसाथ देखिएका छन्।
यसअघि यी तीन नेता सन् २०१६ मा भारतको गोवामा आयोजित ब्रिक्स शिखर सम्मेलनमा भाग लिएका थिए।
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो। सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए। सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको हो।
हाल ब्रिक्समा रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी ११ पूर्ण सदस्य छन्।
२८ भदौ २०८३, आइतवार ०६:१३ बजे प्रकाशित














