उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । मन्त्री यादवले बिहीवार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।

बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि मन्त्री यादवको चर्को आलोचना हुँदै आएको थियो । ग्यास आपूर्ति सहज हुन नसकेको विषयमा उनीमाथि चौतर्फी प्रश्न उठेको थियो ।

यादवले बुधवार मात्रै मन्त्रालयका कर्मचारीले आफूलाई काम गर्न नदिएको गुनासो गरेकी थिइन् । त्यसैगरी, ग्यास आपूर्ति सहज बनाउन ग्यास उद्योगीहरूको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएपछि पनि उनको आलोचना भएको थियो ।


२५ भदौ २०८३, बिहीवार १४:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु