एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

धनगढी । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले १९ असारमा आयोजना गर्न लागेको सातौं संस्करणको ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ को मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा एकेडेमीका प्रमुख बुधराम चौधरी र आयोजक संस्थाका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासँगै अब सुदूरपश्चिम स्पोर्ट्स अवार्डको नाम ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ रहने अध्यक्ष पाठकले जानकारी दिए । एसपीएले अवार्डलाई लगातार चौथो वर्ष मुख्य प्रायोजकका रुपमा साथ दिएको हो ।

यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा साथ दिन सम्झौता गरिसकेको छ । सातौ संस्करणको अवार्डमार्फत वर्ष २०८२–०८३ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई आठ विधामा अवार्ड प्रदान गरिने छ ।


१५ असार २०८३, सोमवार १२:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु