निर्माण व्यवसायी महासंघ सुदुरपश्चिमको अध्यक्षमा स्वार विजयी, अन्य पदमा को ?

धनगढी। निर्माण व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा लक्ष्मणकुमार स्वार विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो ।

राति सार्वजनिक मतपरिणामअनुसार स्वार १८३ मतसहित विजयी भए । उनका प्रतिद्धन्द्धी किशोर ठकुराठीले ७४ मत मात्रै पाएका छन् ।

बरिष्ठ उपाध्यक्षमा कमलेश कुमार कपाडी(१६८), उपाध्यक्षमा पदम भण्डारी(१६०), बिक्रम खड्का(९०), महासचिवमा खेमराज जोशी (१५९), उपमहासचिव (नीतिगत) मा आङदावा शेर्पा (१९२), उपमहासचिव (आन्तरिक) मा राजेश गिरि (१७०), कोषाध्यक्षमा निर्मल कुमार देउवा(१७४), सह–कोषाध्यक्षमा निर्मला सापकोटा(१२९) विजयी भएका छन् ।

सदस्यमा दिनेश राज भट्ट (१९९), अमर सिंह रावल(१८३), राजेश मधिकर्मी (१७५), विनोद प्रसाद भट्ट(१७५) र सुनिल कुँवर (१६०) विजयी भएका छन् । निर्माण व्यवसायी महासंघको चुुनावमा कुल २६४ जनाले मतदान गरेका थिए ।


२४ जेठ २०८३, आइतवार ११:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु