७३ म्याचमा १५० विकेट लिएर सन्दीपले रचे विश्व कीर्तिमान

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने एक दिवसीय  क्रिकेटमा सर्वाधिक छिटो १५० विकेटको विश्वकिर्तिमान राखेका छन् । आज जारी म्याचमा स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै उनले यो कोसेढुंगा पार गरेका हुन् ।

सन्दीपले ७३ म्याचमा १५० विकेट  लिएका छन् । यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए । स्कटल्यान्डका ब्रान्डेन म्याकमुलनलाई आउट गर्दै सन्दीपले १५० विकेट पुर्‍याएका हुन् ।


४ जेठ २०८३, सोमवार ११:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु