चितवन–१ मा हरि ढकाल र २ मा रवि लामिछाने अगाडि
काठमाडौं । चितवनको तीनवटै क्षेत्रको मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उमेदवार अगाडि छन् ।
चितवन–१ मा रास्वपाका हरि ढकालले १३ हजार ५९३ मतसहित अग्रस्थानमा छन् । पछ्याउँदै गरेका नेकपा एमालेका दावा लामाले पाँच हजार ३२१ नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले तीन हजार ३१४ मत ल्याएका छन् ।
चितवन–२ मा ४४ हजार ९८७ मतगणना गर्दा रास्वपाका सभापति समेत रहेका रवि लामिछाने करिब चार गुणा अगााडि छन् । रविले २६ हजार १२० मत ल्याउँदा कांग्रेसकी मीना खरेलले सात हजार ३४७ मत ल्याएका छन् ।
एमालेका अस्मिन घिमिरेले पाँच हजार १५३ र नेकपाका प्रताप गुरुङले तीन हजार ५२ मत ल्याएका छन् ।
२२ फागुन २०८२, शुक्रवार २२:१८ बजे प्रकाशित











