कैलाली कारागारमा रहेका कैदीले गरे मतदान
धनगढी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कैलाली कारागारमा रहेका कैदीहरूले पनि मतदान गरेका छन्। कैलाली कारागारमा रहेका कैदीमध्ये २३ जना पुरुष र ३ जना महिला मतदाता रहेका थिए।
कारागारका कर्मचारीसमेत गरी जम्मा ४० जना मतदाता रहेको मतदान अधिकृत शिवराज जोशीले जानकारी दिए।
२१ फागुन २०८२, बिहीवार १५:१३ बजे प्रकाशित













