धनगढीको तापक्रम १५ डिग्रीमा झर्यो, चिसो बढ्यो
धनगढी । सुदूरपश्चिमको मुकाम धनगढीमा चिसो बढेको छ । पछिल्लो केही दिनदेखिको हुस्सु र शितलहरका कारण धनगढीसहितका तराई क्षेत्रमा चिसो बढेको छ । चिसो बढ्दै गएपछि यहाँको जनजीवन प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार केही दिनदेखि धनगढीको अधिकतम तापक्रम १५ डिग्री सेल्सीयस र न्यूनतम् तापक्रम १२ डिग्री सेल्सीयस मापन भइरहेको छ ।
आजको न्यूनतम तापक्रम भने १२.४ डिग्री सेल्सीयस मापन गरिएको छ भने अधिकतम् तापक्रम मापन हुन बाँकी छ । फिल्ड कार्यालय अत्तरियाले केही दिनसम्म तराईको मौसममा सुधार हुने सम्भावना नदेखिएको जनाएको छ ।
१६ पुस २०८२, बुधवार १२:५३ बजे प्रकाशित













