punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको समानुपातिक उम्मेदवारको सूचीमा सुदूरपश्चिमका १० जना समेटिए

Chaupati
safha napa

धनगढी।  नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा सुदूरपश्चिमका १० जनालाई समेटिएको छ । एमालेले निर्वाचन आयोगमा सोमबार बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा कैलालीका चार जनासहित १० नेतालाई ११० जनाभित्र समेटेको हो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दकाअनुसार समानुपातिक सूचीमा कैलालीबाट लीला भण्डारी, हरिशंकर योगी, इच्छा चौधरी र सावित्रा घिमिरे परेका छन् । यस्तै, कञ्चनपुरबाट निरूदेवी पाल र कृपाराम राना, बझाङबाट एलबी रावल र भागरथी चन्द सिंह, अछामबाट बमबहादुर बिसी र दार्चुलाबाट जयेन्द्र सिंह ऐतवाल परेका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले समानुपातिक सूचीका लागि ९ वटै जिल्लाबाट प्राप्त नामको सूचीलाई छोटो बनाएर केन्द्रीय कमिटीमा पठाएको थियो । सोही सूचीबाट केन्द्रले १० जनाको नाम समावेश गरेको हो ।


१६ पुस २०८२, बुधवार १२:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु