punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुरबाट अवैध काठ बरामद

Chaupati
safha napa

धनगढी।टीकापुरबाट अवैध काठ बरामद गरिएको छ। कैलालीको टीकापुर नगरपालिका-५ सिम्रेनी स्थित भित्रि सडक खण्डबाट प्रहरीले अवैध काठ मंगलवार बरामद गरेको हो।

नम्बर पिलेट स्पष्ट नदेखिने सोनालिका डी एल ७४५ थ्री कम्पनिको ट्याक्टरको ट्रालीमा लोड गरी राखेको सिमल काठको गोलिया १३ थान (८७.५४ क्यूफिट) र भिल्लरको काठको गोलिया ४ थान (१७.९४ क्यू फिट) गरी जम्मा अन्दाजी ३१ हजार छ सय चवालिस बराबरको काठ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको छ। उक्त ट्राली, काठ आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय टीकापुर, कैलालीमा बुझाएको प्रहरीले जनाएको छ।


१६ पुस २०८२, बुधवार ०७:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु