punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा चार नयाँ मतदान स्थल थप्न सिफारिस

Chaupati
safha napa

 

डडेल्धुरा। १३९ मतदान स्थल रहेको डडेल्धुरामा नयाँ चार वटा मतदान स्थल थप्न सिफारिस गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै डडेल्धुरामा चार वटा नयाँ मतदान स्थल थप्न सिफारिस गरिएको हो ।

२०७९ सालको निर्वाचनमा १३९ मतदान केन्द्र र १०१ मतदान स्थल रहेका थिए । जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले यस पटक एउटा पुरानो मतदान स्थल हटाइ चार नयाँ स्थल थप्ने प्रस्ताव निर्वाचन आयोगमा पठाएको हो ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत करुणाकर अवस्थीका अनुसार अजयमेरु गाउँपालिका-६ मा रहेको देवल मावि देवलदिव्यपुर मतदान स्थल हटाई भूमिराज आवि पिपलचौतारा र डागेश्वरी आवि कानाकोटमा नयाँ मतदान स्थल राख्ने तयारी गरिएको छ ।

त्यस्तै, नवदुर्गा गाउँपालिका-५ मा रहेको भूमिराज आवि चौरबान्नीमा थप एउटा र गन्यापधुरा गाउँपालिका-१ को अशिग्राम आवि राउनाकोटमा अर्काे एउटा नयाँ मतदान स्थल राख्न सिफारिस गरिएको उहाँले बताउनुभयो ।

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिनु भएको छ । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त गरेकाहरू लाई नाम दर्ताका लागि आह्वान गरेसँगै नयाँ मतदाता सङ्ख्या बढेको हो ।

निर्वाचन अधिकृत अवस्थीका अनुसार नयाँ दर्ता मध्ये एक हजार २७२ जनाले अनलाइन प्रणालीमार्फत विवरण भरेर मतदाता परिचयपत्रका लागि आवेदन गरेका थिए । ३८९ पुरुष र २३१ महिला गरी ६२० जनाको नाम दर्ता बायोमेट्रिक विवरणका आधारमा गरिएको उहाँले बताउनुभयो ।

आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन खुला गरेको थियो । यस अवधिमा त्रुटि सच्याउन ७६ जना र नामावली स्थानान्तरणका लागि ३२५ जनाले अनलाइनमार्फत आवेदन दिएको उहाँले जानकारी दिनुभयो ।

डडेल्धुरामा जम्मा महिला ४५ हजार ९८३ र पुरुष ४५ हजार ९३६ गरी ९१ हजार ९१९ जना मतदाता रहेका रहुन भएको छ । स्थानीय तह अन्तर्गत सबैभन्दा बढी मतदाता सङ्ख्या भित्रिमधेशको परशुराम नगरपालिकामा भएको छ । पररशुराम नगरपालिकामा १० हजार ८२६ महिला र ११  हजार ९८ पुरुष गरी २१ हजार ९२४ मतदाता सङ्ख्या रहेको छ ।

यसैगरी जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा मतदाता सङ्ख्या सात हजार ४७९ महिला र सात हजार ८६ पुरुष गरी १४ हजार ५५५ रहेको छ । आलितालमा गाउँपालिकामा पाँच हजार ३५९ महिला र पाँच हजार ५९१ पुरुष गरी १० हजार ९५० मतदाता सङ्ख्या रहेको छ । अजयमेरु गाउँपालिकामा पाँच हजार ७४९ महिला र ६ हजार ५८ पुरुष गरी ११ हजार ८०७ मतदाता रहेका छन् ।

यस्तै, गन्यापधुरा गाउँपालिकामा पाँच हजार ५०८ महिला र पाँच हजार ४६ पुरुष गरी १० हजार ५५४, नवदुर्गा गाउँपालिकामा सात हजार २६ महिला र ६ हजार ३०९ पुरुष गरी १३ हजार ३३५ मतदाता रहेका छन भने भागेश्वर गाउँपालिकामा ४ हजार ४६ महिला र ४ हजार ७४८ पुरुष गरी ८ हजार ७९४ मतदाता रहेको तथ्याङ्क छ ।

फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै मतदान स्थल पुनःव्यवस्थित गर्ने र मतदाता विवरण अद्यावधिक गर्ने काम तीव्रताका साथ जारी रहेको निर्वाचन अधिकृत अवस्थीले जानकारी दिनुभयो । गोरखापत्रबाट

 


१७ मंसिर २०८२, बुधवार १२:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु