punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा लागूऔषधसहित तीन युवक पक्राउ

Chaupati
safha napa

धनगढी । कैलालीमा लागूऔषधसहित तीन युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ को चौराहाबाट तीन युवकलाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शंकास्पद अवस्थामा रहेका लम्किचुहा नगरपालिका–५ का २८ वर्षीय प्रकाश सुनार, कञ्चनपुर, वेदकोट–७ का २० वर्षीय दिनेश पाल र सोही ठाउँका २० वर्षीय भूपेन्द्र विष्टलाई प्रहरीले रोकिराखी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उनीहरूले साथ ल्याएको १९० मिलिग्राम लागूऔषध ‘खैरो हेरोइन’ जफेला परेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूलाई उक्त पदार्थसहित अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।


१७ मंसिर २०८२, बुधवार १२:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु