punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री शाहद्वारा सुदूरपश्चिमको यू–१६ क्रिकेट टिमका खेलाडीको बिदाइ

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहाँका यू–१६ क्रिकेट टिमका खेलाडीलाई आइतबार बिदाइ गरेका छन्।

एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि सुर्खेतमा हुने यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिम प्रदेशको टोलीलाई उनले आइतबार बिदाइ गरेका हुन्।

उक्त प्रतियोगिता सोमबारदेखि सुर्खेतमा आयोजना हुँदैछ। सचिन भट्टको कप्तानीमा रहेको १४ सदस्यीय टोली आज सुर्खेत प्रस्थान गर्दैछ।

टोलीको उपकप्तानमा अविरल विक तथा सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहेका छन्।

यस्तै वैकल्पिक खेलाडीमा रुद्रप्रसाद आचार्य, धु्रव लुहार, महेश देउवा र शङ्कर बोहरा रहेका छन्। टोलीको प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द छन्।

प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख १६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्शाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको थियो। प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोली सहभागी थिए।


१८ जेठ २०८२, आइतवार १२:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु