भन्सार प्रमुखलाई कुट्ने नगर प्रहरी फरार
धनगढी।प्रमुख अनन्त तिमल्सिनालाई कुट्ने धनगढी नगर प्रहरी फरार भएका छन् । शनिबार राति आफ्नो कार्यक्षेत्रभित्रै नपर्ने भन्सार कार्यालयमा गएर कार्यालयका प्रमुख तिमल्सिनालाई गैर जिम्मेवारपूर्ण दुर्व्यवहार गर्दै हातपात गरेको भिडियो सार्वजनिक सँगै कार्यालय प्रमुखले उजुरी दिए पश्चात पक्राउ गर्ने तयारी हुँदा धनगढी नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी फरार भएका हुन्।
आइतबार दिउँसोसम्म सम्पर्कमा रहेका धामी नगरपालिकाकै मिलोमतोमा फरार भएको हुनसक्ने आरोप भन्सार प्रमुख तिमल्सिनाले लगाएका छन्। ममाथि गरेको दुर्व्यवहारमा योजनापूर्ण ढङ्गले नै लागेका हुन् कि भन्ने आशंका समेत गर्न बाध्य भएको उहाँको भनाइ छ। २४ घण्टे स्पष्टीकरण सोध्ने बहानामा नगरपालिकाले नै धामीलाई संरक्षण गरेको आरोप तिमल्सिनाले लगाएका छन्।
यता कैलाली प्रहरी उपरीक्षक वाल नरसिंह राणाले भने धामीको खोजी भइरहेको जनाएको छ। तिमिल्सिनाले धामीसहित पाँच नगर प्रहरीविरुद्ध “अभद्र व्यवहार” शीर्षकमा जाहेरी दिएका छन्। हामी पक्राउ गर्छौ।
शनिबार राति १० बजे धामी नेतृत्वको टोलीले भन्सार कार्यालयमा प्रवेश गरी तिमिल्सिनामाथि कुटपिट गरेको आरोप छ। धामीले आफू संलग्न नरहेको दाबी गरे पनि घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि उनी फरार भएका हुन्।
१२ जेठ २०८२, सोमवार ०८:२८ बजे प्रकाशित













