punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरिफन्टा नाका हुँदै आज मुख्यमन्त्री शाह सहितको टोली स्वदेश फर्किए

Chaupati
safha napa

धनगढी। साताव्यापी भारत भ्रमण सकेर सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह स्वदेश फर्किएका छन् । गौरिफन्टा नाका हुँदै आज मुख्यमन्त्री शाह सहितको टोली स्वदेश फर्किएको हो । भारत सरकारको निमन्त्रणामा गतसाता मंगलबार मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय उच्चस्तरिय सरकारी टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट भारत भ्रमणमा गएको थियो ।

भारत भ्रमणमा रहँदा मुख्यमन्त्री शाहले विशिष्ट व्यक्तिहरुसँगको भेटघाटमा कृषि, पर्यटन, उर्जालगायत क्षेत्रको विकास सन्दर्भ छलफल गरेका थिए । टोली आज लखनउबाट स्थलमार्ग हुँदै धनगढी आइ पुगेको हो । मुख्यमन्त्री शाहले भ्रमणका क्रममा भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथ, उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिहं धामी र अन्य मन्त्रीहरु सित भेटवार्ता गरेका थिए।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा। कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट रहेका थिए ।


२३ वैशाख २०८२, मंगलवार १८:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु