punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सरकार खेलकुदका संरचना निर्माण गर्ने अभियानमा’

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार खेलकुदका संरचना निर्माणको अभियानमा अघि बढेको बताएका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–३ व्यवस्थितनगर खेलकुद मैदानमा निर्माण हुन लागेको ‘प्यारापिट’को बिहीवार शिलान्यास गर्दै मुख्यमन्त्री शाहले जिल्लाको प्राथमिकताका आधारमा खेलकुदको विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए। उनले भने, ‘खेलकुदका क्षेत्रमा बजेट विनियोजन गर्दा जिल्लाका प्राथमिकताका आधारमा गरिएको हो, जिल्लाभर विभिन्न खेलकुदका संरचना निर्माण भइरहेका छन्।’ व्यवस्थितनगरको खेलकुद मैदानमा प्यारापिट निर्माण गर्न एक करोड विनियोजन गरिएको छ।

मुख्यमन्त्री शाहले बिहीवारनै लम्कीचुहा नगरपालिका–७ को हरैयापुर गाउँमा निर्माण हुन लागेको थारू समुदायको ‘देउथान मरुवा’को शिलान्यास गरे। थारू समुदायको मठमन्दिरका रुपमा लिइने ‘देउथान मरुवा’ आस्थाको केन्द्रका रुपमा रहेको छ। यसको निर्माणका लागि प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको छ। सो अवसरमा मुख्यमन्त्री शाहले हरेक नागरिकको आस्था फरक फरक रहने गरे पनि प्रदेश सरकारले सम्पूर्ण जातजातिको धर्म संस्कारको संरक्षण गर्नुपर्ने बताए।


१५ चैत २०८१, शुक्रवार १२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु