punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुलमान बर्खास्ती प्रकरण : प्रधानमन्त्रीले जवाफ नदिए आज पनि सदन चल्न नदिने

Chaupati
safha napa

काठमाडौं। कुलमान घिसिङ बर्खास्ती प्रकरणमा विपक्षी दलहरूले पुरानै अडान कायम राखेका छन्। विद्युत् प्राधिकरणको प्रमुखबाट घिसिङलाई हटाएपछि उनीहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै सदनमा अवरोध गर्दै आएका छन्।

सभामुख देवराज घिमिरिले अहिले बानेश्वरस्थित संसद् भवनमा उनीहरू छलफल गरिरहेका छन्। तर छलफलका क्रममा उनीहरूले प्रधानमन्त्री केपी ओलीले जवाफ नदिएसम्म सदन चल्न नदिने उही अडान दोर्‍याएका छन्।

‘सभामुख ज्युले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिरहनुभएकाे छ। यसक्रममा विपक्षी दलहरूले पुरानै अडान दाेहाेर्‍याउनुभएकाे छ’, सभामखुकाे सचिववालयले थाहाखबरसँग भन्याे।

सत्तापक्ष र प्रतिपक्षको अडानका कारण बिहीबार बस्न नसकेको प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बिहान ११ बजेका लागि बोलाइएको छ। तर सभामुख र प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफलमा रहेकाले बैठक सुरु हुन सकेको छैन।
 


१५ चैत २०८१, शुक्रवार १२:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु