सुनचाँदीको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । आज छापावाल सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ७५ हजार रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार भने १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको भाउमा पनि गिरावट आएको छ । बिहीबार २ हजार ३० रुपैयाँ तोलामा कारोबार भएको चाँदी शुक्रबार ३५ रुपैयाँ घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


८ चैत २०८१, शुक्रवार १२:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु