punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सभा बैठकमा प्रतिपक्षीदलहरुको अवरोधका कारण स्थगित

Chaupati
safha napa

धनगढी। प्रतिपक्षीदलहरुको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगीत भएको छ । १९ औं प्रदेश सभाको बैठकमा उपस्थित प्रतिपक्षिदल नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरु उभिएर बिरोध गरेपछि बैठक अर्को सुचना जारी नभएस सम्मका लागि स्थगीत भएको हो ।

सम्पुर्ण दलको प्रतिनिधित्व गर्दै सभामुख भिम भण्डारीले नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य नरेश शाहीले सरकारलाई भार पर्ने गरी अनावश्यक रुपमा गरेका प्रदेश निती तथा योजना आयोग लगाएतका नियुक्तीहरु खरेज गर्नु पर्ने माग राखेका थिए ।

प्रतिपक्षिदलले अबरोध गरेको भन्दै सभामुखले सम्पुर्ण कार्यसुचि बैठकबाट हटाएको जानकारी दिए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय विर बहादुर थापाले केही उद्योग तथा बन सम्बन्धी ऐनलाई संसोधन गर्न बनेको विधेयक माथी सामान्य छलफल गर्ने कार्यसुचिमा राखीएको थियो ।


२७ फागुन २०८१, मंगलवार १४:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु