प्रधानमन्त्रीको सम्बोधनमा सुदूरपश्चिम प्रदेश सभा सचिवालयले रोक्यो लाइभ

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा प्रत्यक्ष प्रशारण रोकेको छ । प्रधानमन्त्री ओलीले अहिले प्रदेश सभामा सम्बोधन गरिरहेको भएपनि प्रदेश सभा सचिवालयले सचिवालयको आधिकारीक युट्युब च्यानलबाट हुने प्रत्यक्ष प्रशारण रोकेको छ ।

जबकी प्रदेश सभा सचिवालयले दैनिकजसो बैठकहरु प्रत्यक्ष प्रशारण गर्दै आएको छ । संसदमा हुने गतिविधी प्रत्यक्ष प्रशारण गर्ने प्रचलन भएपनि सुदूरपश्चिममा भने प्रधानमन्त्रीकै सम्बोधनमा रोकिएको हो ।

सचिवालयले नेपाल टेलिकमको अप्टिकल फाईबर लाइन काटिएका कारण इनटरनेटमा समस्या आएकाले प्रधानमन्त्रीको प्रत्यक्ष प्रशारण रोकिएको दाबी गरेको छ तर नेपाल टेलिकम धनगढीले भने अहिलेसम्म कतै अप्टिकल फाईबार काटिएको जानकारी नआएको जनाएको छ ।


२५ फागुन २०८१, आइतवार १८:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु