punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्व प्रधानमन्त्री देउवा भोली धनगढी आउदै

Chaupati
safha napa

धनगढी । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भोली धनगढी आउने भएका छन। काँग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा धनगढी आउने भएका हुन।

काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि सोमवार बिहान देउवा धनगढी आउने छन्। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत डोटेली कान्छाले सोमवार बिहान सभापति देउवा, महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको बताए।

नेपाली काँग्रेसका उप–सभापति पूर्णबहादुर खड्का, सह–महामन्त्री महालक्ष्मी उपाध्याय ९विना० लगायतका नेताहरू आइतवार नै धनगढी आउने उनले बताए। धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ।

पार्टी सभापति देउवाले मङ्गलवार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्ने छन्। नेपाली काँग्रेसले सुदूरपश्चिमका प्रशिक्षकहरूलाई प्रशिक्षण दिने भएको हो।


२५ फागुन २०८१, आइतवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु