punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको टीकापुरमा ‘प्रार्थना सभा’ आयोजना गरि पैसा असुल्ने ७ जना पक्राउ

Chaupati
safha napa

टीकापुर। कैलालीको टीकापुरमा ‘प्रार्थना सभा’ आयोजना गरि पैसा असुल्ने ७ जना पक्राउ परेका छन्।

फागुन २१ र २२ गते टीकापुरमा आयोजित प्रार्थना सभा आयोजना गर्ने अनुग्रह चर्च नेपालका संयोजक करण विक लगायत ७ जना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पका्रउ परेकामध्ये ४ पुरुष र ३ महिला रहेका जनाइएको छ। टीकापुरमा आयोजित प्रार्थना सभामा आयोजकले उपचारका नाममा पैसा असुलेर ठगी गरेको आरोप लागेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले सभामा उपचारका लागि आएका बिरामीहरूबाट ठूलो रकम सङ्कलन गरेको बताइएको छ। ती मध्ये २३ जनाको पैसा भने प्रहरीले फागुन २२ गते नै फिर्ता गर्न लगाएको थियो। पीडितको ५ लाख ९८ हजार रुपैयाँ फिर्ता गरिएको भए पनि ती बाहेकका व्यक्तिहरूको पैसा भने आयोजकले फिर्ता नगरेको टिकापुर प्रहरीले जनाएको छ।

सभामा भारतीय नागरिक बजिन्दर सिंहले वर्षौँदेखि अपाङ्गता भएका व्यक्तिहरूको उपचारका नाममा झारफुक गरेका थिए। ती मध्ये कतिपयले निको भएको बहाना गरेका थिए। सहभागीहरूका अनुसार ती निको भएको बहाना गर्ने व्यक्तिहरू आयोजककै मान्छे थिए। उनीहरूले आफू निको भएको भन्दै सर्वसाधारणलाई भ्रममा पारेका थिए।

यही भ्रममा परेर धेरै सर्वसाधारणले आयोजकलाई रकम बुझाएको बताइएको छ। पश्चिम तराईका दर्जन बढी जिल्लाका सयौँ व्यक्तिहरू सभामा सहभागी भएका थिए। पक्राउ परेकाहरूलाई ठगी मुद्दा अन्तर्गत कारबाही गरिने जनाइएको छ।


२५ फागुन २०८१, आइतवार ०९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु