धनगढीमा ईटा भट्टामा खेल्ने क्रममा बालक जलेर घाइते

धनगढी । धनगढीमा ईटा भट्टामा खेलिरहेको अवस्थामा बालक जलेर घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा महाबिर चौधरीले सञ्चालन गरेको नेपाल ईटा ईटा भट्टामा खरानीले जलेर बालक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुुनेमा ईटा भट्टामा मजदुरका रुपमा कार्यरत धनगढी–९ बाग्राकटानका हरी चौधरीको ६ वर्षीय छोरा सरोज चौधरी रहेका छन् । उनी आमासँग खेलिरहेको अवस्थामा भुसाको खरानीमा लडेको थिए ।

बालकको घुडामुनी जलेको छ । अहिले उनको धनगढीमा उपचार भइरहेको छ ।

 


१२ फागुन २०८१, सोमवार १०:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु