punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा हाइसको ठक्करबाट मोटरसाइकल चालक घाइते

Chaupati
safha napa

धनगढी। कैलालीमा माइक्रो बस (हाइस)को ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–४ को राजीपुरमा कर्णाली प्रदेश ०२००१८ प ०८५६ नम्बरको माइक्रो बसले सुदूरपश्चिम प्रदेश ०१०१२ प ५२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ बस्ने २३ वर्षीय किशोर चौधरी गम्भीर घाइते भएका छन्।

चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ। उनको घोडाघोडीमै उपचार भइरहेको छ। माइक्रो बस र चालक सुर्खेतको बिरेन्द्रनगर–६ बस्ने ३३ वर्षीय राजबहादुर थापालाई इलाका प्रहरी कार्यालय चौमालले नियन्त्रणमा लिएको छ।

 


२६ माघ २०८१, शनिवार ०८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु