डोटीका एक जना लागूऔषधसहित डडेल्धुराबाट पक्राउ
डडेल्धुरा। डोटीका एक जना लागूऔषधसहित डडेल्धुराबाट पक्राउ परेका छन्।
डडेल्धुराको आलिताल गाउँपालिका–१ चपरचानीबाट डोटीको जोरायल गाउँपालिका–३ चनकट्टे बस्ने २२ वर्षीय जितेन्द्र खत्री लागूऔषधसहित पक्राउ परेका हुन्। खत्रीलाई शुन्य दशमलव ४३ मिलिग्राम खैरो हिरोईनसहित जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको हो।
१६ माघ २०८१, बुधवार ०८:५८ बजे प्रकाशित












