आज सामान्य बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
२९ पुस २०८१, सोमवार १२:२२ बजे प्रकाशित













